Advertisement Banner
Advertisement Banner

०२ बिहिबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

संविधान दिवसमा नेपाल टेलिकमकाे विशेष ‘अफर’

०२ बिहिबार , आश्विन २०८२४ घण्टा अगाडि

संविधान दिवसमा नेपाल टेलिकमकाे विशेष ‘अफर’

नेपाल टेलिकमले संविधान दिवसका अवसरमा विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालकाे संविधान २०७२ घोषणा भएको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराउने भएकाे हाे ।

टेलिकमकाे अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुने र यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’भित्र कल गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुने बताइएकाे छ ।

त्यसैगरी ‘डाटा प्याकेज’अन्तर्गत रु १११ मा पाँच दिनसम्म चलाउन सकिने ६ जिबी, रु १९९ मा सात दिनसम्म चलाउन सकिने १३ जिबी, रु २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जिबी र रु ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध हुने कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरले जनाएका छन् ।

टेलिकमकाे उक्त अफरअन्तर्गत रु ७८९ मा ‘फेस्टिभ कम्बो प्याक’ पनि लिन सकिने जनाउँदै प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट ‘अल नेट भ्वाइस’ सुविधा र २०० ‘अल नेट एसएमएस’ सुविधा उपलब्ध हुनेछ ।

त्यसैगरि पोस्टपेड मोबाइल प्रयोगकर्ताले ‘फेस्टिभ कम्बो प्याकेज’ वा ३० ‘जिबी डाटा प्याकेज’ लिएमा मासिक रूपमा बुझाउनुपर्ने ‘रेन्टल चार्ज’बाटै यो शुल्क काटिने सुविधासमेत उपलब्ध छ ।