Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

दशैँमा खाद्य कम्पनीले खसी, च्याङ्ग्रा बिक्री नगर्ने

०२ बिहिबार , आश्विन २०८२९ महिना अगाडि

दशैँमा खाद्य कम्पनीले खसी, च्याङ्ग्रा बिक्री नगर्ने

विगतका वर्षहरूकाे चाडपर्वमा खसी, च्याङ्ग्रा बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षका चाडपर्वमा खसी, च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । विगतमा दशैँ अघि खसी तथा च्याङ्ग्रा ल्याएर बिक्री गर्दै आएको कम्पनीले यस वर्ष खसी, च्याङ्ग्रा बिक्री नगर्ने भएको हाे ।

भदाै २३ र २४ गते जेनजीको प्रदर्शनमा श्रृजित विषम परिस्थितिका कारण खसी, च्याङ्ग्रा काठमाडौँ ल्याउन समस्या भएको भन्दै खाद्यले यस वर्ष बिक्री नगर्ने बताएकाे हाे । कम्पनीले १५ सय वटा खसी र ३ सय वटा च्याङ्ग्रा काठमाडौँ ल्याएर बिक्री गर्ने तयारी थालेको भएपनि बिषम परिस्थितिका कारण अहिले खसी, च्याङ्ग्रा बिक्री नगर्ने भएकाे हाे ।

अनलाईन बुकिङ समेत खुलाइ सकेकाे कम्पनिले खसी च्याङ्ग्रा आयातमा समस्या भएको भन्दै बिक्री नगर्ने बताएकाे हाे । कम्पनी जति सकिन्छ त्यति नै ल्याएर बिक्री गर्ने पनि सोच बनाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल समेत चलाएकाे भए पनि मन्त्रालयले यस वर्ष नल्याउने सोच बनाएपछि खाद्यले सोही अनुसार खसी च्याङ्ग्रा बिक्री नगर्ने भएको हो ।