
खोटाङको मार्से सामुदायिक वनमा रेश्मिकाे सामूहिक बलात्कारपछि हत्या गरिएकाे अवस्थामा शव भेटिएकाे छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या गरिएकाे अवस्थामा शव भेटिएकाे हाे ।
दिप्रुङ चुइचुम्मा–५, सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मि कार्यालयबाट घर फर्कने क्रममा बलात्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीको प्रारम्भिक अनुसन्धान थालेकाे प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दिपक सार्कीलाई पक्राउ गरेको र उनले घटनामा संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
सहकारी अध्यक्ष सागर तामाङका अनुसार रेश्मिका सोमबार साँझ कार्यालयबाट निस्केकाे र राति अबेरसम्म घर नपुगेपछि खोजतलास गर्ने क्रममा मार्से सामुदायिक वनको झाडीमा मृत फेला परेकी हुन् । उनकाे घाँटीमा कालो सलले बेरेको अवस्थामा शव भेटिएको प्रहरीले बताएकाे छ ।