
काठमाडौ जिल्ला प्रहरी परिसरका एसएसपी विश्वराज अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ । गृह मन्त्रालयले एसएसपी अधिकारीलाई हटाएर उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाएको हाे ।
यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीको कमाण्ड समेत गरिसकेका एसएसपी थापा प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत् थिए । जेनजी प्रदर्शनको सुरक्षामा प्रहरीबाट गम्भीर भुलचुक भएको विश्लेषण साेहि दिन गरिएका थिए ।
भदौ २३ र २४ गते जेनजी प्रदर्शनमा प्रहरीले व्यापक बल प्रयोग गर्दा स्थिति नियन्त्रणबाहिर गएको थियो भने भोलिपल्ट प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका थिए । प्रदर्शनकारीले तोडफोड र आगजनी गर्दा सिंहदरबारसहित महत्वपूर्ण संरचनाहरुमा समेत तोडफोड र आगजनी भएको थियो ।


