Advertisement Banner
Advertisement Banner

२३ शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

आजकाे सूर्यग्रहण नेपालबाट नदेखिने

०५ आइतबार , आश्विन २०८२२ महिना अगाडि

आजकाे सूर्यग्रहण नेपालबाट नदेखिने

आज असोज ५ गते औँसीका दिन सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज लाग्ने सूर्यग्रहण नेपालबाट देखिने छैन् ।

आज सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्धकाे अन्तिम दिन सोह्र श्राद्ध गर्ने कि नगर्ने ? सुतक कति बजेदेखि लाग्छ ? लगायत प्रश्न उठिरहेकाे बेला धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने बताएका छन् । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले समेत याे सूर्यग्रहण बार्नु नपर्ने बताएका ।

सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने पनि जनाइएको छ । त्यस्तै नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उनले बताए ।

आज आश्विन कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने जनाइएको छ ।