
अहिले मनसुनी वायुको प्रभाव केही कमजोर भएपनि स्थानीय वायुको आंशिक प्रभावले देशभरको मौसम सामान्यतया बदलीदेखि केहि स्थानमा मध्यम वर्षा भइरहेकाे छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली भइरहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज दिउँसो कोशी लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनुका साथै बाँकी भूभागमा आंशिक बदलीको सम्भावना रहेकाे छ । अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराईका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताइएकाे छ ।
त्यसैगरि आजराति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनुका साथै अन्य भूभागमा आंशिक बदलीको अवस्था रहेकाे छ । त्यस्तै कोशी लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
अहिले मनसुनको सक्रियता घट्दै गएपनि स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा वर्षाको सम्भावना यथावत् रहेको र यसले तापक्रममा केही कमी ल्याउने अपेक्षा गरिएको छ ।


