Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

मनसुन कमजाेर भएपनि केहि स्थानमा मध्यम वर्षा

०५ आइतबार , आश्विन २०८२९ महिना अगाडि

मनसुन कमजाेर भएपनि केहि स्थानमा मध्यम वर्षा

अहिले मनसुनी वायुको प्रभाव केही कमजोर भएपनि स्थानीय वायुको आंशिक प्रभावले देशभरको मौसम सामान्यतया बदलीदेखि केहि स्थानमा मध्यम वर्षा भइरहेकाे छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली भइरहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज दिउँसो कोशी लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनुका साथै बाँकी भूभागमा आंशिक बदलीको सम्भावना रहेकाे छ । अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराईका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताइएकाे छ ।

त्यसैगरि आजराति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनुका साथै अन्य भूभागमा आंशिक बदलीको अवस्था रहेकाे छ । त्यस्तै कोशी लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

अहिले मनसुनको सक्रियता घट्दै गएपनि स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा वर्षाको सम्भावना यथावत् रहेको र यसले तापक्रममा केही कमी ल्याउने अपेक्षा गरिएको छ ।