
नेपाली बजारमा सुनको मूल्यले २ लाख १७ हजार नाघेको छ । यसअघि शुक्रबार २ लाख १६ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रति तोला १ हजार १ सयले बढेर २ लाख १७ हजार १ सयमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २ लाख १७ हजार १ सयमा कारोबार भएको सुनको मूल्य हालसम्मकै उच्च मूल्य हो । त्यस्तै नेपाली बजारमा आज चाँदी प्रतितोला २ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
अहिले अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ६ सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


