Advertisement Banner
Advertisement Banner

२३ शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सर्वोच्च अदालतको बहस पालमुनि

०५ आइतबार , आश्विन २०८२२ महिना अगाडि

सर्वोच्च अदालतको बहस पालमुनि

जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतको भवन तोडफोड र  आगलागीले ध्वस्त भएपछि अहिले पाल टाँगेर इजलास सञ्चालन भइरहेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भवन ध्वस्त भएपछी गत बिहीबार असोज २  गतेदेखि पालमुनि बहस सुरु भएको हो ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतको भवन जलाइएको थियो । पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्कोतर्फ कानुन व्यवसायी, अनि बीचमा इजलास अधिकृत बस्ने व्यवस्था गरी आजदेखि इजलास सञ्चालन गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत लगायत देशका बिभिन्न स्थानका अदालतहरुमा तोडफोड र आगजनी गरिएको थियो ।