Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

आजदेखि हिन्दुहरूको महान् पर्व बडादशैँ सुरू

०६ सोमबार , आश्विन २०८२९ महिना अगाडि

आजदेखि हिन्दुहरूको महान् पर्व बडादशैँ सुरू

आजदेखि बडादशैँ सुरू भएकाे छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि सुरू भएको हाे ।

आज बिहानैदेखि नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ जसलाई जमरा राख्ने पनि भनिन्छ ।

आज पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरि दशैँकाे सुरूवात गरिन्छ भने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गर्ने परम्परा रहेकाे छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज घटस्थापनाको साइत बिहान ९ बजेर १३ मिनेटकाे रहेको बताइएकाे छ । विशेष गरि बडादशैँकाे लागि प्रयाेग हुने जमरा आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ ।