
आजदेखि यात्रुवाहक सार्वजनिक सवारी साधनकाे रुट परमिट खुला गरिएको छ । चाडपर्वको अवसरमा सहज ढङ्गले यात्र सञ्चालन गर्नका लागि देशभरको सार्वजनिक यातायातलाई रुट परमिट खुला गरिएको हाे ।
आजदेखि लागु हुने गरि देशभरको सार्वजनिक यातायातलाई देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिएका छन् । रुट परमिट खुला गरिएसँगै अब रुट नलिइ सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउने बताइएकाे छ ।
आजदेखि सुरू भएकाे बडादशैँकाे अवसरमा खुला गरिएकाे रुट परमिट आगामी असोज २२ गतेसम्म कायम रहने छ ।
त्यस्तै आजदेखि पूर्णिमाका दिनसम्म नारायणघाटदेखि काठमाडौँसम्म यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको छ ।


