Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढ्यो

०६ सोमबार , आश्विन २०८२२ महिना अगाडि

उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढ्यो

नेपालीहरुको महान चाड बडादशैं भित्रिएसंगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको छ । आजदेखि भित्रिएको दशैं मनाउन आ-आफ्नो घर फर्किन थालेसंगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको हो ।

काठमाडौं उपत्यकाबाट २४ घण्टाको अवधिमा ४३ हजार यात्रु बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । काठमाडौं उपत्यकाबाट हिँजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म ४३ हजार यात्रु बाहिरिएका हुन् भने सोहि अवधिमा २८ हजार यात्रु काठमाडौं भित्रिएका छन् ।

त्यसैगरी आज दशैंको पहिलो दिनदेखि यात्रुहरु बाहिरिने क्रम थप बढ्ने अनुमान गरिएको छ ।  दशैंको सरकारी बिदा भने फूलपातीको दिनदेखि सुरु हुने भएपनि निजी कार्यालय, कलेज र विद्यालयहरुमा दशैं बिदा भइसकेकाले दशैं मनाउन गाउँ फर्किनेहरुको संख्या बढ्ने अनुमान गरिएको हो ।

यसअघि गत भदौ २३ र २४ गते जेनजी युवाहरुको आन्दोलनपछि सुरक्षा वातावरण सामान्य बन्दै गएदेखि काठमाडौं छाड्नेक्रम बढेको थियो भने आजबाट दशैं सुरु भएसंगै यो संख्या थप बढ्ने अनुमान गरिएको छ । हालसम्म बसपार्क र काठमाडौंका नाकाहरुमा यात्रुहरुको अवस्था सामान्य रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।