Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

वीरगञ्ज भन्सारबाट दुई महिनामा १ खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात

०६ सोमबार , आश्विन २०८२२ महिना अगाडि

वीरगञ्ज भन्सारबाट दुई महिनामा १ खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात

चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारबाट १ खर्ब ४६ अर्बको आयात गरेको छ भने १७ अर्बको निर्यात गरेको छ । उक्त भन्सारबाट चालु आर्थिक वर्षको दुई महिनामा १ खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको हो ।

गत आर्थिक वर्षको सोहि समयको तुलनामा चालु आर्थिक वर्षमा उक्त नाका हुँदै २० प्रतिशत बढी समान भित्रिएका छन् । गत आवको दुई महिनामा १ खर्ब २२ अर्ब ३२ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएका थिए ।

गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखनीय सुधार भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको दुई महिनामा ६ अर्ब ५ करोड मूल्यको सामान विदेशी निर्यात भएको थियो भने चालु आवको दुई महिनामा यो नाका हुँदै १७ अर्ब ३ करोड रुपैयाँ मूल्य बराबरको सामान निर्यात भएको छ ।