
नेपाल भारत र चीनजस्ता आकार, जनसंख्या, र शक्तिशाली प्रतिस्पर्धामा रहेका राष्ट्रहरूको वीचमा सानो आकार र सहनशील बनेर इतिहासदेखि बाँचेको नेपाल विश्वशक्तिको प्रतिस्पर्धाका लागि रणनीतिक मुलुक हो । यसकारण नेपालको भूराजनीति संवेदनशील छ । नेपालले असंलग्नता र समदूरीको नीतिमा उभिनै पर्नेछ । तर एक चीन नीति अपनाएको नेपालका कांग्रेस सभापति देउवादेखि अनेक नेताहरूले दलाई लामासँग भेट्ने, र संलग्नता देखाउनाले चीन सधैं सशंकित छ । यसपल्टको परिवर्तनमा दलाई लामाले अन्तरिम सरकारलाई बधाई सन्देश पठाए । दलाई लामाको कनेक्शन कूटनीतिक र राजनीतिक बृत्तमा अत्यधिक चर्चा छ ।


