Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार

०७ मंगलबार , आश्विन २०८२२ महिना अगाडि

दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार

दैलेख जिल्लामा बिरामीको चाप बढेसँगै बेडकाे अभाव भएपछि बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । जिल्ला अस्पताल दैलेखमा बेडकाे क्षमता भन्दा बढी बिरामीकाे संख्या बढेपछि बिरामीलाई भुइँमै राखेर उपचार थालिएको हाे ।

जिल्ला अस्पताल दैलेखकाे जीर्ण संरचनामा विगत केही वर्षदेखि ६५ बेड क्षमतामा अस्पताल सञ्चालन गरिरहेकाे छ । तर, अहिले दैनिक १ सय ५० भन्दा बढी बिरामी उपचार गर्न आउन थालेपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मनोज विश्वकर्माले बताएका छन् ।

कर्णाली प्रदेश सरकारको रु १८ करोड २४ लाखको लागतमा नयाँ भवन निर्माण गर्न थालेको चार वर्ष भएपनि सम्पन्न हुन नसकेपछि समस्या भएकाे हाे । भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेकाे प्रमुख विश्वकर्माले बताए ।

यता अस्पताल भवन निर्माणको सम्पूर्ण प्राविधिक पक्ष हेर्दै आएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्ला र निर्माणमा संलग्न क्याराभान सुपरस्टार जेभी निर्माण कम्पनीको लापरवाहीले भवन समयमै नबनेको आरोप छ भने निर्माणमा संलग्न कम्पनीका सञ्चालक तारा शाहले विभिन्न कानुनी अल्झन तथा रुख कटानको समस्याले समयमै भवन निर्माण कार्यले गति लिन नसकेको बताएका छन् ।

जिल्ला अस्पताल विकास समितिका अध्यक्ष क्षेत्रप्रताप सुवेदीका अनुसार गत वर्ष जेठभित्र भवन निर्मार्ण गरिसक्नुपर्ने सम्झौता भएकाे बताउँदे उनले भवन निर्माण गर्न पटक पटक म्याद थप गर्न नसकिने बताएका छन् ।