
प्रहरीले पेस्तोल र म्यागजिन सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार साँझ तारकेश्वर नगरपालिका-५, लोलाङ बस्ने उदयपुरकाे उदयपुर गढी गाउँपालिका-८, घर भएका ३० वर्षीय हिरा बहादुर मगरलाई पक्राउ गरेकाे हाे ।
मगरलाई पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थानसहित काठमाडौँ महानगरपालिका-१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पक्राउ गरेको हो । डिक्की भित्र लुकाई छिपाई राखिएको उक्त हातहतियार सहित उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बा.प्र.०१-००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहतियार रहेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको बताइएकाे छ । पक्राउ परेका उनलाई आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


