Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सुनकाे मूल्यकाे नयाँ इतिहास २ लाख २१ हजार नाघ्याे

०७ मंगलबार , आश्विन २०८२२ महिना अगाडि

सुनकाे मूल्यकाे नयाँ इतिहास २ लाख २१ हजार नाघ्याे

सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनकाे मूल्यले प्रतिताेला ३ हजार ९ सयले बढेर  २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजकाे सुनकाे मूल्य नेपाली बजारमा इतिहासकै सबैभन्दा उच्च मूल्य हाे । हिँजाे सोमबार सुनको मूल्य प्रतिताेला २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर २ हजार ६ सय ८० रुपैयाँमा काराेबार भएको महासंघले जनाएको छ । हिँजाे सोमबार चाँदी तोलाको २ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।