
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई गोल्छा ग्रुपले २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । गोल्छा ग्रुपले ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनलाई मध्यनजर गर्दै २० थान (पल्सर १५० सिसी) मोटरसाइकल प्रदान गरेको हाे ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मोटरसाइकल हस्तान्तरण गरिएकाे हाे । गोल्छा ग्रुपले मोटरसाइकलहरू काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीमार्फत हस्तान्तरण गरेकाे बताइएकाे छ ।
गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र संस्थाका पदाधिकारीहरू तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको हस्तान्तरण कार्यक्रममा २० थान मोटरसाइकल दिइएकाे हाे ।


