Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सुन तोलाको २ लाख २३ हजार पुग्यो

०८ बुधबार , आश्विन २०८२एक महिना अगाडि

सुन तोलाको २ लाख २३ हजार पुग्यो

दैनिक रुपमा उकालो लागेको सुनको मूल्य प्रति तोला २ लाख २३ हजार पुगेको छ । नेपाली बजारमा सुनको मूल्यले दिनकै नयाँ कीर्तिमान कायम गर्दै सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाली बजारमा आज बुधबार छापावाल सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेर प्रति तोलामा २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको छ । हिँजो मंगलबार २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार थप १ हजार ३०० रुपैयाँले बढेको हो ।

यसैगरी तेजाबी सुन पनि तोलाको २ लाख २२ हजार रुपैयाँ कायम भएको छ । १० ग्राम छापावाल सुनको मूल्य १ लाख ९१ हजार १ सय ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्यमा पनि तीव्र वृद्धि देखिएको छ । हिँजो मंगलबार तोलामा २ हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार २० रुपैयाँले बढेर २ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको हकमा पनि आजको मूल्य हालसम्मकै उच्च हो ।