Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न

०९ बिहिबार , आश्विन २०८२९ महिना अगाडि

अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न

अध्यक्षमा सविन्द्र थापा चयन-----
नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स ९फिन्ये० उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब २०० नेपाली उद्यमीहरूले उत्साहपूर्वक सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन एक विशेष शैलीमा गरिएको थियो। आठ वर्षीया बालिका अन्या श्रेष्ठले प्रमुख अतिथिको रूपमा बिरुवामा पानी हालेर कार्यक्रमको शुभारम्भ गरिन् ।

सम्मेलनमा नेपाल तथा अमेरिकाका प्रतिष्ठित व्यक्तिहरूले वक्ताको रूपमा सम्बोधन गरेका थिए। नेपालबाट ‘खल्ती’ डिजिटल वालेटका संस्थापक अमित अग्रवाल र नेपाल राष्ट्र बैंकका निर्देशक प्रल्हाद गिरी ९विशेष अतिथि० ले आफ्ना अनुभव सुनाए। त्यसैगरी, अन्तर्राष्ट्रिय वक्ता रायन म्यानली तथा फिन्ये आईईसीका संस्थापक तथा उपाध्यक्ष प्रकाश थापा र प्रबुद्ध दाहालले उद्यमशीलताका विविध पक्षमा प्रकाश पारेका थिए ।

सजन गौतमले सहजीकरण गरेको प्यानल छलफलमा सतीश गैरे, सुनिल साह, सुमन थापा, अनु तामाङ र प्रल्हाद गिरी जस्ता वक्ताहरूले उद्यमशीलता र आर्थिक वृद्धिका विषयमा महत्त्वपूर्ण दृष्टिकोणहरू प्रस्तुत गरेका थिए ।

यसैबीच, साधारण सभाले फिन्ये अमेरिका च्याप्टरको २०२५(२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षता सविन्द्र थापाले गरेका छन् । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण खकुरेल, उपाध्यक्षमा राज प्रकाश भण्डारी र राम हरि थापा, महासचिवमा अनु तामाङ, सचिवमा सोनी थापा र कोषाध्यक्षमा श्रद्धा थाकुरी चयन भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यहरूमा अनिता गुरुङ, दीपक खरेल, चानी लामा, चक्रपाणि अधिकारी, नवराज आचार्य, रविन कार्की ९र्यान०, सुनिल गौतम र रेश्मा ताम्राकार रहेका छन् । त्यस्तै सञ्चार संयोजक तथा प्रवक्ताको जिम्मेवारी यूएस खबरका अध्यक्ष तथा प्रधान सम्पादक ओम आचार्यलाई दिइएको छ ।