Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

संगीत बजारमा नयाँ गीत ‘सम्झनाका पल’

०९ बिहिबार , आश्विन २०८२एक महिना अगाडि

संगीत बजारमा नयाँ गीत ‘सम्झनाका पल’

संगीत बजारमा नयाँ गीत ‘सम्झनाका पल’ सार्वजनिक भएको छ । गीतमा राज टाइगरको शब्द, वसन्ती लामाको संगीत र गायक बिबेक डोङको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आफ्नो प्रेमिकाको मृत्यु र सम्झनाका भावलाई समेटिएको यस गीतलाई श्रोता(दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

गोविन्द सोनीको मिक्सिङरमाष्टरिङ, विशाल योञ्जनको रेकर्डिङ रहेको गीतलाई मुर्चुंगा स्टुडियोमा रकर्ड गरिएको हो । अडियो तथा भिडियो दुवैलाई सदिक्षा फिल्मले प्रस्तुत गरेको छ ।

अमर ओलीको निर्देशन रहेको भिडियोमा सूर्य कुमार र रविना कार्कीको अभिनय देख्न सकिन्छ । ज्ञानकुमारको कट्टेलको सम्पादन तथा रंग संयोजन पदम सुवेदी, मेकअप आर्टिष्ट मिरा लामा र पोस्ट(प्रोडक्सन सदिक्षा फिल्मस्ले गरेको हो ।

गीतको भिडियोलाई सदिक्षा फिल्मस् युटुबमार्फत हेर्न सकिन्छ । संगीतप्रेमीहरूले गीतलाई जीवनका भावुक क्षण सम्झाउने सिर्जना भन्दै प्रशंसा गरेका छन् ।