Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

बाढी र पहिरोका कारण विभिन्न राजमार्ग

०९ बिहिबार , आश्विन २०८२एक महिना अगाडि

बाढी र पहिरोका कारण विभिन्न राजमार्ग

देशका विभिन्न राजमार्ग र सडक बाढी र पहिरोका कारण अवरुद्ध भएका छन् । आज बिहानसम्म देशभरका ५ सडकखण्ड बाढी र पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएका हुन् ।

चितवनको इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक सडक पूर्णरूपमा बन्द छ भने कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४, बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बाढीका कारण रसुवाको गोसाइकुण्ड गाउँपालिका-२, स्थित नेपाल र चीन नाका जोड्ने पुल बन्द रहेको छ । त्यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिका-४, काँडाबगरमा पनि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

त्यसैगरी अन्य स्थानका विभिन्न ४ राजमार्ग र सडकखण्ड एकतर्फी सञ्चालन रहेका छन् ।