
आज बिहानैदेखि नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड नम्बरमा ‘आउटगोइङ कल’ अवरुद्ध (वान–वे) भएकोमा अहिले उक्त सेवा सुचारु भएको छ । उक्त समस्याका कारण झन्डै दश घण्टा टेलिकमको पोस्टपेड तथा प्रिपेड प्रयोगकर्ता प्रभावित भएका थिए ।
यसबारे नेपाल टेलिकमले कुनै आधिकारिक जानकारी नदिएको र कल ‘वान–वे’ बन्नुका साथै ब्यालेन्स ट्रान्सफर समेत ठप्प भएको थियो । अहिले समस्या समाधान सेवा सुचारु भइसकेको टेलिकमले जनाएको छ ।


