
कोलोम्बोस्थित कोलोम्बो रेसकोर्स स्टेडियममा जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार राति पौने ८ बजेदेखि सुरु हुने खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो । यसअघि नेपालले समुह चरणको २ खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने अर्को खेलमा बंगलादेशसँग ४-० ले हार बेहोरेको थियो । यता भारत समुह बी मा अपराजित हुदै समुह विजेता बनेर सेमिफाइनलमा पुगेको हो । भारतले माल्दिभ्सलाई ६-० ले पराजित गरेको थियो भने भुटानलाई १-० ले र पाकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।
साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टोलीमा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् भने डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन् ।
त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।


