
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । दुई दिनदेखि तुइन खोलामा झरेको पहिरोका कारण अवरुद्ध सडक गएराति ११ बजेबाट सञ्चालनमा आएको हाे ।
राति अबेरसम्म पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको र गाडीहरू गन्तव्य तर्फ जान थालेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ । सडक सञ्चालनमा आएपछि दुई दिनदेखि अलपत्र यात्रुहरू दशैँ मनाउनका लागि गन्तव्य तर्फ हिँडेका छन् ।
सडक अवरुद्ध हुँदा दशैँका लागि गन्तव्यमा हिँडेका यात्रुहरू अलपत्र परेका थिए । उक्त स्थानमा अड्किएका गाडीहरू अहिले गन्तव्य तर्फ गइसकेका छन् ।


