Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

दूध संकलन गर्ने भ्यान सुनकोशी नदीमा खस्याे चालक बेपत्ता

१० शुक्रबार , आश्विन २०८२एक महिना अगाडि

दूध संकलन गर्ने भ्यान सुनकोशी नदीमा खस्याे चालक बेपत्ता

आज बिहान सवा ५ बजे तिरकाे समयमा अरनिको राजमार्ग अन्तर्गतकाे सुनकोशी नदीमा दूध संकलन गर्ने भ्यान खस्दा चालक बेपत्ता भएका छन् । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५, स्थित सुनकोशी नदीमा दूध संकलन गर्ने भ्यान खसेको हाे ।

प्रहरीका अनुसार बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान काभ्रेको पनौती नगरपालिका–१०, पस्थलीका नवराज खुलालले चलाएकाे बताइएकाे छ । सो भ्यान सडकबाट करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीले बताए ।

सिन्धुपाल्चाेककाे साँगाचोकगढी–१०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि सुकुटेबाट खाडिचौरतर्फ जाँदै गरेको उक्त भ्यानमा चालक नवराज मात्र रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उक्त दुर्घटनापछि प्रहरी चौकी बलेफीबाट प्रहरी नायब निरीक्षक सुरेश प्रसाद गुप्ताको कमाण्डमा ४ जनाको टोली खटिएर चालकको खोजतलास गरिरहेकाे बताइएकाे छ ।