Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सल्यानमा गाडी दुर्घटनामा परी तीन जनाको मृत्यु

१२ आइतबार , आश्विन २०८२एक महिना अगाडि

सल्यानमा गाडी दुर्घटनामा परी तीन जनाको मृत्यु

आज बिहान राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३, चोरखोलामा भएकाे गाडी दुर्घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । उक्त  दुर्घटनामा परी अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

रुकुम पश्चिमबाट दाङको घोराही तर्फ जाँदै गरेकाे लु २ ख ६५०२ नम्बरको फोर्स गाडी बिहान ४ बजेतिर सडकबाट चार सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा रुकुम पश्चिम, बाफीकोट गाउँपालिका-५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकी अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

उक्त दुर्घटनामा परि बाफीकोट गाउँपालिका-५,काे ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते भएका छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।उनिहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।