Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

दशैँमा उपत्यका छाेड्नेकाे भिड

१२ आइतबार , आश्विन २०८२एक महिना अगाडि

दशैँमा उपत्यका छाेड्नेकाे भिड

महान चाड बडादशैँ आएसँगै उपत्यका छाड्ने सर्वसाधारणको भीड सडक र बसपार्कमा देखिएकाे छ । दशैँ आँगनमै आइसकेको अवस्थामा जन्मघर फर्किने सर्वसाधारणको भीड सडक र बसपार्क दुवै स्थानमा देखिएको हाे ।

जेनजी आन्दाेलन र ठाउँठाउँमा बाढि पहिराेले सडक तथा राजमार्ग अवरुद्ध हुँदा दशैँकाे लागि अग्रिग टिकट खुल्ला गरिएकाे छैन भने घर हिँडेका यात्रुहरूले नयाँ बसपार्कमा घण्टौँसम्म बस पर्खनुपर्ने अवस्था आएको बताइएकाे छ ।  

चाडपर्व आएसँगै कर्मथलोबाट जन्मथलो फर्कन लागेका यात्रुहरूले अग्रिम टिकट बुकिङ खुल्ला नगरेकामा गुनासोसमेत गरेका छन् । यता ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेर चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुलाई सहज गराइरहेकाे छ ।

यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गरिएकाे हाे ।