Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

आज सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

१२ आइतबार , आश्विन २०८२एक महिना अगाडि

आज सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

आज नेपाली बजारमा सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च पुगेकाे छ । आज सुनकाे मूल्य २ लाख २३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज सुनकाे मूल्य तोलामा ७ सय र चाँदी ७० रुपैयाँले बढेको छ । मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ कायम भएको हाे  । यसअघि शुक्रबार सुनको भाउ प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँ रहेको थियो ।

शुक्रबार प्रतितोला २ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीकाे मूल्य २ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।