Advertisement Banner
Advertisement Banner

१७ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

चाडपर्व लक्षित ५० हजार सुरक्षाकर्मी परिचालन

१२ आइतबार , आश्विन २०८२५ दिन अगाडि

चाडपर्व लक्षित ५० हजार सुरक्षाकर्मी परिचालन

बडादशैँ भित्रिएसँगै चाडपर्वलाई लक्षित गरि नेपाल प्रहरीले देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेकाे छ । प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेकाे हाे ।

देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जनाएका छन् । उनले सम्भावित जोखिम क्षेत्रसमेत पहिचान गरी विशेष निगरानी सहित भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्ति सुरक्षा अमनचयन कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँग हातेमालो गर्दै सुरक्षाको प्रबन्ध गरेकाे बताएका छन् ।  

प्रहरीले आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरि सादा पोसाकमा प्रहरी परिचालन हुने पनि प्रवक्ता घिमिरेले बताएका छन् । काठमाडौँ उपत्यकामा मात्रै छ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यकताअनुसार थप जनशक्ति परिचालन गरिने तयारी गरिएको उल्लेख गरेका छन् ।

त्यस्तै सवारीसाधनको आवागमन सहज बनाउन, चाडपर्वमा हुने होहल्ला झगडा नियन्त्रण गर्न, चोरी तस्करीलगायत आपराधिक घटनाकाे निगरानी लगायत कालोबजारी र तोकिएभन्दा बढी सावरी भाडा लिनेलगायत गतिविधिको पनि निगरानी भइरहेको प्रहरीले जनाएको छ ।