Advertisement Banner
Advertisement Banner

१७ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा शुभकामना व्यक्त

१३ सोमबार , आश्विन २०८२४ दिन अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा शुभकामना व्यक्त

नेपालीहरूकाे महान चाड बडादशैँ तथा विजया दशमीको उपलक्ष्यमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना व्यक्त गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् ।

पूर्वराजा शाहले शुभकामना सन्देश मार्फत पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड भएको उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले युवा पुस्ता भविष्यका आधारस्तम्भ भएको र उनीहरुमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजान सक्ने बताएका छन् । साथै, उनले एक सन्देशमार्फत आम शुभेच्छुक नागरिक समुदायलाई आफूबाट विगतमा झैँ बृहत रुपमा टीका जमरा प्रदान नहुने समेत जानकारी गराएका छन् ।