
नेपाल प्रहरीकाे ४ जना डीआईजीकाे एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको हाे ।
असाेज १२ गते बसेको बढुवा समितिको बैठकले डीआईजी सुशीलसिंह राठौरलाई पहिलो वरीयतामा राख्दै एआईजीमा बढुवाका लागि सिफारिस गरिएकाे बताइएकाे छ । त्यसैगरी दोस्रो नम्बरमा उमाप्रसाद चतुर्वेदी, तेस्रोमा हिमालयकुमार श्रेष्ठ र चौथो नम्बरमा डम्बरबहादुर विकलाई बढुवाका लागि सिफारिस गरिएको हाे ।
सिफारिस गरिए अनुसार राठौरलाई नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा सिफारिस गरिएको छ ।
चतुरवेदीलाई मधेश प्रहरी कार्यालय, जनकपुरधाम, श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल तथा विकलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा दरबन्दी सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितिको सिफारिसपछि अब मन्त्रिपरिषद्ले औपचारिक निर्णय गरेपछि उनिहरूकाे बढुवा हुनेछ ।