Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

मुलुकका अधिकांश भागमा लगातार वर्षा

१८ शनिबार , आश्विन २०८२एक महिना अगाडि

मुलुकका अधिकांश भागमा लगातार वर्षा

गएरातिदेखि देशका विभिन्न भागमा लगातार वर्षा भइरहेकाे छ । देशभर हाल बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त मनसुनी वायुको प्रभाव रहेकाले वर्षा भइरहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएरातिदेखिको अविरल वर्षाका कारण देशका विभिन्न भागका राजमार्गहरु अवरुद्ध भएका छन् । राजमार्गहरु अवरुद्ध हुँदा यातायात पूर्ण रूपमा रोकिएका छन भने दशैँकाे टिका लगाउन हिँडेका यात्रुहरू अलपत्र बनेका छन् ।

लगातरकाे वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्डमा पहिरो खसेका कारण यातायात पूर्ण रूपमा रोकिएको छ । त्यस्तै बिहान १० बजेबाट बिपी राजमार्गमा आवागमन बन्द गरिएकाे छ । यता पहिराेका कारण धादिङतर्फ जाने सवारीसाधनलाई काठमाडौं फर्काइएकाे छ ।

त्यसैगरि काठमाडौं तर्फ आउन लागेका सयौँ सवारीसाधन चितवनमा रोकिएका छन् । उपत्यकाका जोखिमयुक्त क्षेत्रमा सशस्त्रले माइकिङ गरेर गस्ती सुरू गरेकाे छ भने काठमाडौंको सोल्टीमोडमा सडक भासिएर खोला घरनजिकै पुगेकाे बताइएकाे छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षा हुने सम्भावना रहेकाले बताउँदै यातायात आवागमनमा रोक लगाउने लगायतका सुरक्षा उपायहरू घोषणा गरेको छ । प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने समेत निर्णय गरेको बताइएकाे छ ।