Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

वर्षाका कारण त्रिभुवन विमानस्थलका उडान स्थगन

१८ शनिबार , आश्विन २०८२एक महिना अगाडि

वर्षाका कारण त्रिभुवन विमानस्थलका उडान स्थगन

देशभर परेकाे अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन गरिएकाे छ । अविरल वर्षासँगै खराब मौसमका कारण उडान स्थगन गरिएकाे हाे ।

काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरर्ष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिएका छन् । मौसमी अवस्थाको पुनरवलोकन भइरहेको र अन्तरराष्ट्रिय उडान भइरहेका बताउँदै अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिकतर्फ उडान स्थगन गरिएको बताइएकाे छ ।

आज बिहानदेखि काठमाडौँसहित देशभरका विभिन्न ठाउँमा लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइएको छ भने राति अझ धेरै वर्षा हुने जनाएको छ । जसका कारण आन्तरिकतर्फका उडान स्थगन गरिएकाे हाे ।