Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

पाँचथरमा बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु

१८ शनिबार , आश्विन २०८२एक महिना अगाडि

पाँचथरमा बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु

पाँचथरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाँचथरको कुम्मायक गाउँपालिका २ र ३ काे कात्तिके डाँडामा भएको दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

आज बिहान ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी तमोर करिडोरमा दुर्घटना भएको पाँचथर प्रहरीले जनाएकाे छ । पाँचथर प्रहरीका वरिष्ठ सइ तथा सूचना अधिकारी मनोजकुमार यादवका अनुसार उक्त दुर्घटनामा ३ जना महिला र ३ जना पुरुषकाे मृत्यु भएकाे बताइएकाे छ ।

दुर्घटनामा घाइते भएका ६ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ भने दुर्घटनाका मृतक र घाइतेकाे परिचय खुलेको छैन । पाँचथरकाे सदरमुकाम फिदिमबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले घटनास्थल उद्धारका कार्य गरिरहेको प्रहरीले बताएकाे छ ।