
देशभर भइरहेकाे अविरल वर्षाका कारण जनजीवन प्रभावित भएपछि सरकारले भाेलि आइतवार र पर्सि सोमवार दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तयारी भएपनि वर्षाका कारण दुई दिन बिदा दिने निर्णय गरेको हाे ।
यसअघि दशैँका लागि बिदा दिइएकाे सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तयारी रहेकाे थियाे । तर देशभर अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिन बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएकाे छ ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति निकालेर दुई दिन बिदा दिने निर्णय भएको जानकारी दिएको हाे ।


