
अहिले देशभर ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार, ठूलो वर्षाको पूर्वानुमानमा परिवर्तन आएको र पानी पार्ने प्रणाली कमजोर बन्दै गएकाे बताइएकाे छ ।
यसअघि आज र भोलि दुई दिन ठूलो वर्षा हुने पूर्वानुमान गरिएको भएपनि अहिले उक्त प्रणाली कोशी प्रदेशमा केन्द्रित रहेको र आज दिउँसोदेखि कमजोर हुँदै जाने मौसमविद् अर्यालले जानकारी दिएका छन् । यद्यपि, ठूलो वर्षाको सम्भावना टरे पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेकाले सतर्क रहन आग्रह गरिएकाे हाे ।
गएकाे २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरैजसो स्थानमा ठूलो पानी पर्नुका साथै ठाउँ ठाउँमा पहिराे गएकाे छ । यता सरकारले मुलुकभर लगातारको वर्षाको कारणले याताया अवरुद्ध भएपछि आज र भोलि सार्वजनिक बिदा दिएको छ ।
जताततै पहिरो गएर सडक अवरूद्ध बनेपछि राजधानी भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधनमा रोक लगाइएको छ । पछिल्लाे समयमा मौसममा आएको परिवर्तनले जनजीवनमा केही राहत मिल्ने अपेक्षा गरिएको छ ।


