Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

पहिरोमा परेर इलाममा २ जनाको मृत्यु, झण्डै डेढ दर्जन बेपत्ता

१९ आइतबार , आश्विन २०८२एक महिना अगाडि

पहिरोमा परेर इलाममा २ जनाको मृत्यु, झण्डै डेढ दर्जन बेपत्ता

दुई दिनदेखि परेकाे अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर इलाममा २ जनाको मृत्यु भएको छ । पहिराेमा परि इलाम नगरपालिका–६, घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको हो ।

घरमा रहेका ३ जना अझै बेपत्ता छन् भने पहिरोले पुरेर घाइते भएका २ जनालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएकाे छ । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारको काम गरि रहेकाे बताइएकाे छ ।

त्यस्तै घर माथिबाट खसेको पहिरोका कारण इलामको माइजोगमाई गाउँपालिका–६, बर्मालाल सोग्मीका परिवारका पाँच जना सदस्य पहिरोमा परेर बेपत्ता भएका छन् । पहिराेमा परेका उनीहरू रातिदेखि सम्पर्कविहीन बनेका हुन् ।

त्यसैगरि मांसेबुंगमा पनि पहिरोले पुर्दा ५ जना हराएका छन् । यता शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएकाे बताइएकाे छ भने हालसम्म बाढी पहिरोमा परेर झण्डै डेढ दर्जन बेपत्ता भएकाे इलामकाे प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जनाएकि छन् ।