
हिँजाेकाे पहिलाे वार्मअप म्याचमा नेपालले ओमानलाई ६ विकेटले हराएकाे छ । शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेकाे थियाे ।
वार्मअप म्याचमा ओपनर आसिफ शेखले ६१ रनको सानदार अर्धशतकीय इनिङ्स खेलेका थिए भने कप्तान रोहित पौडेलले २५ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्लले १० रन थपेका थिए ।
सुरुमा ब्याटिङ गरेको ओमानले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय १० रन बनाएकाे थियाे । नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई दुई विकेट लिएका थिए ।
विश्वकप छनोटको समूह चरणमा नेपालले कुवेत र जापानसँग खेल्नेछ भने समूह चरणको शीर्ष स्थानको टिम सुपर सिक्समा छनोट हुनेछ । सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा खेल्न पाउने छन् ।


