
देशभर परेकाे अविरल वर्षासँगै सप्तकोशी नदीमा जलबहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० वटा ढाेका खोलिएको छ । अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलबहाव बढेपछि ढाेका खाेलिएकाे हाे ।
अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलबहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार क्यूसेक पुगेपछि ५६ मध्ये ५० ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रवक्ता योगराज खतिवडाले जानकारी दिएका छन् । बिहान सवा ८ बजे नदीको जलबहाव मापन गरिएकोमा पानीकाे जलबहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार क्यूसेक पुगेकाे थियाे ।
हिँजाे बेलुका ८ बजे पानीको जलबहाव मापन गर्दा १ लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो । शुक्रबार र शनिबार लगातार वर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको बहाव बढ्दै गएको हाे ।
कोशी ब्यारेजमा पानीको जलबहाव १ लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । अहिले कोशी ब्यारेजमा तीन वटा रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।


