Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

बिहानैदेखि आन्तरिक हवाई उडान सुरु

१९ आइतबार , आश्विन २०८२एक महिना अगाडि

बिहानैदेखि आन्तरिक हवाई उडान सुरु

दुई दिनदेखि परेकाे अविरल वर्षाका कारण हिजोदेखि रोकिएको आन्तरिक हवाई उडान आज बिहानदेखि पुनः सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम अनुकूल रहेका गन्तव्यमा उडान सुरु गरिएको हो ।

आज बिहानैदेखि काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरका लागि उडान सुचारु भइसकेको छ । त्यसैगरि पोखरा र सुर्खेतका लागि पनि मौसम अनुकूल भएकोले उडान संचालन गरिएकाे विमानस्थल कार्यालयले जनाएको छ ।

तर, अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित रूपमा सञ्चालन भइरहेकाले यात्रुलाई थप समस्या नपर्ने अनुमान गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।