Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

एक दिन बिदा काटियाे, आजदेखि सरकारी कार्यालयहरू खुल्ने

२० सोमबार , आश्विन २०८२९ महिना अगाडि

एक दिन बिदा काटियाे, आजदेखि सरकारी कार्यालयहरू खुल्ने

देशभर लगातारकाे वर्षासँगैकाे जोखिमका कारण सरकारले दिएको दुई दिनमध्येको बिदा एक दिन कटौती भएको छ । सरकारले दिएकाे हिँजाे र आज मध्ये आजकाे बिदा कटाैति गरेर आजदेखि सरकारी कार्यालयहरू खाेल्ने निर्णय गरेकाे हाे ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनामा सबै कार्यालय आजदेखि खोल्ने र सेवा सहज बनाउने उल्लेख गरिएकाे छ । यसअघि सरकारले मौसममा खराबी आएसँगै आइतबार र सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।

अहिले मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा आज सोमबार बिहान १० बजे देखि कार्यालय समय सम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरु, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न र तदनुरुप कर्मचारीहरुको उपस्थितिको व्यवस्था मिलाउन अनुरोध गरिएकाे छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेकाे सूचनामा भनिएको छ, ‘दुई दिन देखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरु अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण मिति २०८२–०६–१९ र २० गते २ (दुई) दिन सार्वजनिक विदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा मिति २०८२–०६–२० गते सोमबारका दिन बिहान १० बजे देखि कार्यालय समय सम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरु, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख एवं तदनुरुप कर्मचारीहरुको उपस्थितिको व्यवस्था मिलाउनु हुन अनुरोध छ ।’