Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

आज कोजाग्रत पूर्णिमा दशैँ सम्पन्न

२० सोमबार , आश्विन २०८२एक महिना अगाडि

आज कोजाग्रत पूर्णिमा दशैँ सम्पन्न

आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ । आज दशैँकाे टीका लगाउन नभ्याएकाहरूलाई पूर्णिमाका दिन बिहान टीका लगाउने र जमरा तथा दशैँका पूजासामग्री विसर्जन गर्ने चलन समेत रहेकाे छ ।

आज सोमबार चतुर्दशी तिथि १३ घडी ३५ पला अर्थात् ११ बजेर २५ मिनेट सम्म छ भने त्यसपछि पूर्णिमा तिथि सुरू हुनेछ । आज साँझमै पूर्णचन्द्र देखिने भएकाले कोजाग्रत पूर्णिमा सोमबार नै मनाउन निर्देश गरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिएका छन् ।

त्यस्तै भाेलि मंगलबार बिहान ९ बजेर ३५ मिनेटसम्म पूर्णिमा तिथि रहेकाे छ । यसैगरी विजयादशमीका दिन शुरु भएको टीका जमरा लगाउने क्रम पनि आजै सम्पन्न हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ । आश्विन शुक्ल प्रतिपदाका दिन दशैँघरमा छरिएको जौको अङ्कुर (जमरा) कोजाग्रत पूर्णिमाका दिन बिहान विसर्जन गरिन्छ ।

कोजाग्रत पूर्णिमाका दिन नेपालका राष्ट्रप्रमुखले भक्तपुरस्थित नवदुर्गा शक्तिपीठ दर्शन गर्ने परम्परा समेत रहेकाे छ ।