
नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज सुनकाे मूल्य प्रति तोला २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ जुन अहिलेसम्मकै उच्च मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २ लाख ३३ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे छ । हिँजाे आइतबार २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ५ सय रुपैयाँले बढेको हो ।
सुनको मूल्यवृद्धिसँगै चाँदीको मूल्यमा पनि तीव्र वृद्धि देखिएको छ । हिँजाे प्रति तोला २ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रति तोला २ हजार ९ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएकाे छ ।
दशैंपछि एकैपटक समायोजन हुँदा मूल्यमा उच्च वृद्धि देखिएको पनि महासंघले जनाएको छ । दशैंअघि असोज १२ गते सुनको भाउ प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ रहेकोमा ९ हजार ९ सय रुपैयाँ बढेर आज सोमबार २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ ।


