
वर्षासँगै पानीकाे वहाव उच्च भएपछि कोसी ब्यारेजकाे सबै ढाेका खाेलिएकाेमा अहिले वर्षा राकिएसँगै अहिले नदीको वहाव घटेको छ । आज बिहान ६ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा ४ लाख ३५ हजार ३ सय ५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ ।
अहिले सप्तकोशी नदीको वहाव घटेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जनाएका छन् । उपरीक्षक थापाले गएराति पानीको वहाव ५ लाख ३३ हजार ५ सय ४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षाकम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको बताए ।
अहिले पनि कोशी ब्यारेजको सबै ढाेका खोलिएका छ । हिँजाे विहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालेर रातो झण्डासमेत फहराइएको थियो ।


