
माओवादीसहितका ७ दलहरूले राजासँग गरेको ५ बुँदे सहमति के थियो ?
१. परिवर्तन २०४७ सालको संविधानमा टेकेर गर्ने ।
२. बिघठित प्रतिनिधिसभा पुनःस्थापना गर्ने ।
३. बहुदलीय व्यवस्था कायम राख्ने ।
४. संवैधानिक राजसंस्था युगयुगसम्म कायम राख्ने ।
५. यी सबै सहमति इमान्दारिताका साथ कार्यान्वयन गर्ने ।
यो सहमति राजनीतिक दलहरूले तोडे । कुनै सहमति गरेको छैन भनेर माधवकुमार नेपालले पटक पटक दोहो¥याए । तर.....
२०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनबाट सबै राजनीतिक दलहरू ज्यान जोगाउन भागे, लुके । संविधान सकियो, अदालत खरानी भयो, संसद धुलोपिठो भयो । राष्ट्रपति भवन, प्रधानमन्त्री निवासमा आगो लाग्यो । केही बाँकी रहेन । सेनाले सहजकर्ताको भूमिका निभाएर निकास निकाल्न अघि सरको अवस्थामा राष्ट्रपति र राजनीतिक दलहरूको गोप्य बैठक बस्यो, राजतन्त्र पुनस्थापना गर्ने बिकल्प अघि सारियो । यो प्रस्ताव गर्ने माधवकुमार नेपाल नै थिए, अन्य दलहरूले सहमति गरे र प्रस्ताव पूर्वराजाकोमा पठाइयो । राजाले सबेको लिखित सहमतिबिना तैयार नभएपछि स्थितिले यू टर्न लियो, अन्तरिम सरकार बनाइयो । संवाद, सहमति र सहकार्य नहुने हो भने भत्किसकेको कानुनव्यवस्थाले धान्दैन, अराजकता बढ्छ । चुनाव नहुने संशय उठिसक्यो । त्यसपछि के हुन्छ ? कोही भन्न सक्दैन । राजनीति दलहरू सच्चिऊ, नयाँ पुस्तालाई नेतृत्व देऊ, देश बचाउन जेनजी पुस्तालाई साथ देऊ । अझै षडयन्त्र गर्नु भदौ २४ को अराजकता निम्त्याउनु हो भन्छन् विश्लेषकहरू ।


