
केही समयदेखि बिना जानकारी नेपाल प्रहरीका १८ जना कर्मचारी गैरहाजिर रहेका छन् । प्रहरी प्रधान कार्यालयले उनिहरूलाई सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन आज एक सूचना जारी गर्दै निर्देशन दिएको छ ।
यदि कार्यालयले तोकिएको समयभित्र सम्पर्कमा नआए नियमावली अनुसार सेवाबाट निष्कासन गरिने चेतावनी समेत दिइएको छ । गैरहाजिर हुनेहरूमा २ जना प्रहरी सहायक हवलदार, १५ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी रहेकाे बताइएकाे छ ।
उनीहरूलाई गैरहाजिर हुनुको कारण खुल्ने गरी लिखित स्पष्टीकरणसहित बाटोको म्याद बाहेक सात दिनभित्र आ-आफ्नो कार्यालयमा हाजिर हुन निर्देशन दिँदै प्रहरी प्रधान कार्यालयले गैरहाजिर कर्मचारीहरूको खोजी तथा तोकिएको प्रक्रिया अनुसार सूचना टाँस गर्दा पनि उनीहरू सम्पर्कमा नआएको जनाएको छ ।


