Advertisement Banner
Advertisement Banner

२६ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

सुनकाे मूल्य २ लाख ३५ हजार नाघ्याे

२१ मंगलबार , आश्विन २०८२४ महिना अगाडि

सुनकाे मूल्य २ लाख ३५ हजार नाघ्याे

निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य आज प्रति तोला २ हजार ३०० ले बढेकाे छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिभएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हाे ।

आज प्रति तोला सुन २ हजार ३ सयले बढेर २ लाख ३५ हजार ४ सयमा काराेबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिँजाे २ लाख ३३ हजार १ सयमा कारोबार भएको एक तोला सुनको मूल्य आज बढेकाे हाे ।

आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । हिँजाे एक तोला चाँदी २ हजार ९ सय ६० मा काराेबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ९ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएकाे छ ।