Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

महेश बस्नेतले दिए साइबर ब्युरोमा बयान

२२ बुधबार , आश्विन २०८२२ दिन अगाडि

महेश बस्नेतले दिए साइबर ब्युरोमा बयान

नेकपा (एमाले)का नेता महेश बस्नेतले साइबर ब्युरोमा बयान दिएका छन् । आज बस्नेतले विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भई बयान दिएका हुन् ।

एक महिलाले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरेको आरोप लगाएपछि बस्नेतमाथि अनुसन्धान सुरु गरिएकाे हाे । भोटाहिटीस्थित ब्युरोमा उपस्थित भएका बस्नेतले आफूमाथि लागेको आरोपबारे बयान दिएर फर्किएकाे बताइएकाे छ ।

भदाै २३ र २४ गतेकाे ‘जेनजी’ प्रदर्शनपछि बस्नेतले पीडितलाई संकेत गर्दै महिला केन्द्रित अपशब्द प्रयोग गरेको, साथै ‘महेश बस्नेत फ्यान क्लब’मार्फत पनि पीडितविरुद्ध अनर्गल टिप्पणीहरू गरिएको भन्दै सरकारी वकिलको कार्यालयले असोज ५ गते साइबर ब्युरोलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

ब्युरोले सुरुमा जाहेरी दर्ता नगरेपछि पीडित महिलाले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी पठाएकी थिइन् ।