
लगातारकाे वर्षासँगै आएकाे बाढीपहिरोले क्षति पुर्याएकाे विपी राजमार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अनुगनमा गरेका छन् । मन्त्री घिसिङ सहित मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीले बाढीपहिरोले क्षति चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गरेका हुन् ।
अनुगमन पछि संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरिएकाे छ ।
केहि दिन अघिकाे बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडकमा तत्काल अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गर्न लागिएको छ । गत वर्षको असाेजकाे बाढीले पनि विपी राजमार्गको भकुण्डे—नेपालथोक खण्ड क्षति पुर्याको थियो भने उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्ण रुपमा बगाएको हाे ।
गत वर्षको बाढीले क्षति पुर्याएको सडक स्थायी रुपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइ सकिएकाे र कही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको समेत बताइएकाे छ ।