
माइतीघर मण्डलाबाट अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन् । जेनजी आन्दोलनमा धोका भएको भन्दै विरोधमा उत्रिएका भुसालसहित तीन जनालाई पक्राउ गरिएको हाे ।
जेनजीको माग पूरा नभएको भन्दै असन्तुष्टि सहित प्रदर्शनमा उत्रिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । माइतीघर क्षेत्र वरपर अहिले प्रहरीको बाक्लो उपस्थिति रहेकाे र प्रहरीले कसैलाई पनि प्रदर्शन गर्न नदिइएको बताइएकाे छ ।
यसअघि भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलन एक महिना पुगिसक्दा पनि प्रमुख मागहरू सम्बोधन नभएको भन्दै डा. भुसालको समूहले विरोध प्रदर्शन गरेको थियो । यता काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि धर्ना, जुलुस वा प्रदर्शन नगर्न सूचना जारी गरिसकेको र माइतीघर क्षेत्रमा हुल बाँधेर उभिन समेत नदिइने प्रशासनले स्पष्ट पारेको छ ।